‘सहिदको सपना पूरा भएकै छैन’


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताउनुभएको छ ।

सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आज बिहान ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गर्नुभयो । “वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर, क्षमतावान् र नेतृत्वदायी व्यक्तित्व थिए”, उहाँले भन्नुभयो ।

सोही अवसरमा नेकपा ९एमाले० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सहिदको सपना अझै पनि साकार नभएकाले संविधान कार्यन्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । ‘सहिदको सपना अझै पूरा भएको छैन, अब तीनै तहको निर्वाचन सम्पन्न गरेर देशलाई आर्थिक समृद्धिको मार्गतर्फ लैजानुपर्छ, अनि मात्र सहिदको सपना पूरा हुन्छ,’ नेता नेम्वाङले भन्नुभयो ।

सहिद वान्तवालाई ओली सरकारले सहिद घोषणा गरेको हो । वान्तवाको जन्म २००८ साल चैत २७ गते चमैताको चित्रे भन्ने स्थानमा भएको थियो । पञ्चायती सरकारले वान्तवालाई २७ वर्षका उमेरमा चैत २७ गते नै इलामको इभाङमा गोली हानी हत्या गरेको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com