अमेरिकामा रहेका नेपाली इन्जिनियरको दशौँ वार्षिक भेला भर्जिनियामा


प्रकाशित मिति : चैत्र २७, २०७३ आईतबार

– समुन्द्र कार्की

अमेरिकामा रहेका नेपालीमूलका इन्जिनियरहरुको संस्था अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्सको दशौं वार्षिक भेला भर्जिनियामा हुने भएको छ । आगामी जुन २४ र २५ मा मनाससको बेष्ट वेस्टर्न ब्याटलफिल्ड इनमा भेला हुन लागेको हो ।

‘भोलिका लागि इन्जिनियरिङमा आबिष्कार र वैज्ञानिक ज्ञान’ भन्ने मुल नाराका साथ गर्न लागिएको वार्षिक भेलामा वैज्ञानिक, इन्जिनियर र कम्प्युटर प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिहरु तथा विद्यार्थीहरुले आआफुले गरेका अध्यायन अनुसन्धान र सिकेका शीपको अनुभव साटासाट गर्नेछन् ।

यस बाहेक विभिन्न विश्वविद्यालयहरुमा इन्जीनियरिंग र कम्प्युटर प्रविधि विषयमा अध्यनरत विद्यार्थीहरुले स्टुडेन्ट पोष्टर कम्पिटिसनमा समेत भाग लिन सक्नेछन् । कार्यक्रमको लागि कार्यपत्र आव्हान सम्वन्धी सूचना यस अघि नै पठाईएको थियो । विस्तृत जानकारीको लागि asnengr.org मा हेर्न सकिने र [email protected] मा ईमेल गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको विभिन्न राज्यमा अध्यायन गरेर बसिरहनु भएका र आफ्नो पेशागत कामको खोजीमा रहनुभएका महानुभावहरुको लागि यो सम्मेलन आफ्नो पेशागत संजाल विस्तार गर्ने सुनौलो अवशर सावित हुने विश्वास गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com