ऐतिहासिक जिम्मेवारी पुरा गर्न आयोग आतुर छःनिर्वाचन आयुक्त


प्रकाशित मिति : चैत्र २७, २०७३ आईतबार

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कठोर मिहिनेत र प्रतिवद्धताका साथ निर्वाचन सम्पन्न गर्नका लागि अघि बढिरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले समयमा नै निर्वाचन सम्पन्न गर्नका लागी आयोगलाई सबै किसिमको सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो । काउण्ड डाउन सुरु भइरहेको भन्दै ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा आयोगलाई समर्थन र सहयोग गर्न सबैलाई गर्नुभयो । निर्वाचन आयोग तयारीका दृष्टिले अत्यन्तै मध्य अवस्थामा आइपुगेको भन्दै उहाले सफल निर्वाचनका लागि सबैको सहयोग र सद्भाव आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

नया“ संविधानअनुसार नयाँ वर्षमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै उहाले स्वतन्त्र र स्वच्छ रुपकमा निर्वाचन सफल रुपमा सु–सम्पन्न गर्नका लागि सबैको सद्भाव, सहयोग, समर्थन र प्रतिबद्धता रहोस् भन्ने शुभकामना समेत दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com