कतारीलाई दर्जनौंपटक खुकुरी हानेर मारेको अभियोगमा नेपालीलाई गोली हानी मृत्युदण्ड


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

कतारमा महोत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो। चौधरी महोत्तरीको औरही १ का स्थानीय बासिन्दा हुन् ।

कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो नै पहिलो घटना भएको जनाइएको छ । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको फैसलाबमोजिम उनलाई मृत्युदण्ड दिइएको हो।

उनले नुयमीलाई दर्जनौंपटक खुकुरी प्रहार गरेको फैसलामा उल्लेख छ। चौधरीलाई सन् २०१७ अप्रिलमा कतारी प्रहरीले पक्राउ गरेको थियो।

कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिइसकेको छ ।

कतारमा मृत्युदण्ड सजायको फैसला सुनाइएका नेपाली अरू समेत रहेपनि उनीहरुको सजाय कार्यान्वयन भइसकेको छैन। चौधरी २०१५ अगस्ट २७ तारिख कतार गएका थिए। क्लिनिङ कम्पनीमा उनी सामान्य मजदुरको काम गर्थे।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com