के बेरोजगारी विमा रकम पब्लिक चार्जमा गणना हुन्छ ?


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

अमेरिकी सरकारले कोरोनाको महामारीका सन्दर्भमा विस्तृत बेरोजगारी विमाको सुविधा उपलब्ध गराएको छ । तर ग्रिनकार्ड आवेदन पेन्डिंग अवस्थामा रहेका वा भविश्यमा ग्रिनकार्डको आवेदन दिने योजना बनाएकाहरु बेरोजगारी विमाको रकम पब्लिक चार्जमा पर्ने हो कि भनेर चिन्तित भएका छन् ।

सरकारले नियमित बेरोजगारी रकम युआई र त्यसका लागि योग्य नहुनेहरुका लागि महामारी बेरोजगारी सहायता पीयुएको व्यवस्था गरेको छ । नियमित बेरोजगारी रकम वा महामारी बेरोजगारी सहायता पीयुएका लागि योग्य हुनेले उक्त सुविधाबाट आउने रकमका अतिरिक्त साप्ताहिक ६ सय डलर प्राप्त गर्छन् । तर यो रकमका लागि आवेदन दिन कतिपय आप्रवासीहरु डराइरहेका छन् ।

युएससीआईएसका अनुशार बेरोजगारी विमाबाट आउने रकमलाई पब्लिक चार्जमा गणना गरिदैन । युएससीआईएसले पब्लिक चार्जबारेको फेडरल रजिस्टरमा प्रकाशित अन्तिम नियममा यसबारे प्रस्टसँग बताएको छ । सुचनाको पृष्ठ ४१३९० मा युससीआईएसले बेरोजगारी विमाको रकम पब्लिक चार्जमा गणना नहुने स्पष्ट पारेको छ ।

कोरोना महामारीमा चार प्रकारका राहत : पब्लिक चार्जमा पर्छ कि पर्दैन ?

नियममा भनिएको छ – ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले राज्य र संघीय निबृत्तिभरण, सोसल सेक्युरिटी निबृत्तिभरण सुविधा, सोसल सेक्युरिटी अपांगता, पोष्ट सेकेण्डरी शिक्षा, वा बेरोजगारी सुविधालाई पब्लिक चार्ज अयोग्यता निर्धारण अन्तरगत पब्लिक बेनिफिटका रुपमा मान्दैन । यसलाई व्यक्तिको रोजगार र विशिष्ट कर कटौतीको माध्यमबाट आर्जित लाभ मानिन्छ ।’

पब्लिक जार्चबारे बेरोजगारी विमा रकमका सन्दर्भमा फेडरल रजिस्टरमा युएससीआईएसले गरेको व्याख्या यस्तो छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com