दर्जनौं तालिवानसँग एक्लै भिडेर जीत्ने नेपाली भन्छन् – ‘कसैलाई रुवाउने काम नगरौं’


प्रकाशित मिति : चैत्र २६, २०७३ शनिबार

दर्जनौं तालिवानसँग एक्लै भिडेर जीत्ने नेपाली दिपप्रसाद पुनले कसैलाई रुवाउने र मार्ने काम नगर्न आम नेपालीहरुलाई आग्रह गरेका छन् । एबीसी टेलिभिजनका लागि टक अफ द टाउनमा कुराकानी गर्दै उनले तालिवानसँग एक्लै लड्दाको अनुभव समेत सुनाएका छन् ।

भिडियो हेर्नुहोस्

बेलायती महारानीबाट भिक्टोरिया क्रसपछिको दोश्रो ठूलो ब्रेभरी मेडल पाउन सफल नेपाली हुन् दिपप्रसाद पुन । सन २०१० मा अफगानिस्तानमा गोर्खाली सैनिक दिपप्रसाद पुन एक्लैले दर्जनौं तालिबानी लडाकुसँग भीडन्त गरेर उनीहरुलाई पराजित गरेका थिए ।

उनी चेकपोइन्टको छतमा बसेर ड्युटी गरिरहेका बेलामा तालिवानीहरुले अत्याधुनिक हतियारबाट आक्रमण गरेका थिए । चारसय राउण्ड गोली, १७ वटा ग्रिनेड र माइनको सहायताले एक्लै लडेका पुनले हतियार सकिएपछि हतियार अड्याउने ट्राइपोडले समेत आक्रमण गरेका थिए ।

म्याग्दीका दिपप्रसाद पुन १८ वर्षदेखि बेलायती सेनामा कार्यरत रहेका छन् । बेलायती सेनामा कार्यरत रहँदा उनले विभिन्न देशमा कैयन लडाईहरुमा आफ्नो बहादुरी देखाइसकेका छन् भने उनले बेलायती राजकुमारसँग पनि काम गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com