अर्बपति बिनोद चौधरी अमेरिकाको युएनए सम्मेलनमा मुख्य वक्ता रहने


प्रकाशित मिति : चैत्र २६, २०७३ शनिबार

 –विजय थापा
 
नेपालका एक मात्र अर्बपति तथा उद्योगपती बिनोद चौधरी अमेरिकाको टेक्सस युएनए सम्मेलनमा लगानी तथा उद्यम बिषयक बहसमा मुख्य वक्ता हुने भएका छन् ।  युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन आगामी मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने भएको छ ।
 
टेक्सस ड्यालसमा युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको दोश्रो बार्षिक सम्मेलनमा चौधरी प्रमुख अतिथि समेत रहेका छन् ।  कार्यक्रम मे २७ तारिख ३ :३० देखि ६ बजे सम्म कार्यक्रम स्थल शेराटन ड्यालस फोर्टवोर्थ एयरपोर्ट नर्थ टेक्ससमा हुने भएको छ ।  
 
कार्यक्रममा सहभागी हुने प्रत्येक समुहले दर्ता शुल्क दुई सय डलर दस्तुर तिर्नु पर्ने छ ।  कार्यक्रम संचालन बिएन पन्तले गर्ने भएका छन् भने अन्य कार्यक्रममा वक्ताहरुको छलफल ,नेपाल र बिश्व भर लगानीका अवसर आदि बिषय बस्तुमा बहस कार्यक्रम तय गरिएको छ । 
 
युएनए का संस्थापक सभापति पासांग लामाले उद्योगपति चौधरी जस्तो व्यक्तित्व समय व्यवस्थापन गरि केहि समयको अन्तराल पछि पुन : अमेरिका आउनु भनेको अवसर भएको बताए ।  यस्तो मौका पटक पटक नआउने भएकोले वहाका उत्प्रेरणादायक कथा ,अनुभव र जीवनका भोगाई बाट नै धेरै कुरा सिक्न पाईने हुनाले सबैलाई सहभागी हुन् आव्हान गरेका छन् । 
 
लामाले आगामी सम्मेलन को आयोजना अधिकांश युवाहरुले गरेकोले उनीहरुमा अद्भुत शक्ति ,आँट ,जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिएको बताए ।  
 
युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक ,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको बताउदै सम्मेलनमा सबैलाई सहभागी हुन् पुन:अनुरोध गरेका छन् ।  सम्मेलनमा बहस ,साहित्य ,बालबालिकाका कार्यक्रम ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने छ । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com