एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको भब्य तयारी,नायक दिलिप रायमाझी निर्णायक


प्रकाशित मिति : २५ चैत्र २०७३, शुक्रबार

 

विजय थापा,वाशिंगटन डिसी

अमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त कार्यक्रम आगामी अप्रिल २८ ,२०१७ देखि प्रारम्भ हुने छ l

गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको उक्त प्रतियोगिताको शृंखला को अडिसन (प्रस्तुति परीक्षण ) अनलाइन(बिधुतिय )बाट अप्रिल २८ तारिखमा पहिलो शृंखला हुने भएको छ l यसै गरि शृंखला ६ देखि मतदान/प्रत्यक्ष चरण जुलाई ८ तारिख देखि हुने छ l गत अप्रिल २ तारिख देखि आवेदन फाराम भर्ने समय समाप्त भएको छ l

अप्रिल २८ देखि प्रारम्भ भै अन्तिम समापन (ग्रान्ड फिनाले ) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने भएको जानकारी एमडिसी का कार्यकारी निर्देशक मणि राईले दिएका छन् l

एमडीसि युएसए कप एजे स्टुडियोको एउटा बार्षिक रुपमा संचालनमा रहेको सामुदायिक कार्यक्रम हो l अमेरिकामा रहेका नेपालीहरुको पहलमा आयोजना हुने मेरो डान्स कप युएसए अमेरिका भरका प्रतिभाशाली नृत्यांगना (डान्सर )हरुले अवसर पाउने एक बृहत नृत्य प्रतियोगिता हो l

अमेरिका राष्ट्र भर बिभिन्न राज्यमा छरिएर रहेका किशोर /किशोरी ,युवायुवती, नव प्रतिभा तथा कलाकारका आफु भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मंच उपलब्ध गराउनु समेत संस्थाको मुख्य उदेश्य आयोजकले बताएका छन् l

अप्रिल २८ मा पहिलो अडिसन ((प्रस्तुति परीक्षण )पछि मे ५ तारिखमा सहभागी मध्ये बाट उत्कृष्ट ४० जना छनौट हुने छन् l जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदान द्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाचौ स्थान सम्म बिजेताको घोषणा गरिने छ l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरो नृत्य कप युएसए को प्रमुख लक्ष्य विविध समुदायमा रहेको हाम्रो समृद्ध सांस्कृतिक,परम्परागत कला, मनोरंजन, संस्कृति तथा मनोरंजनको क्षेत्रमा रहेका प्रतिभाशाली शीपलाई जगेर्ना तथा संरक्षणको साथै प्रचार प्रसार गर्नु रहेको छ l

एमडीसी समुहले समर्थक,शुभ चिन्तक,श्रोता ,दर्शक तथा सबैलाई साथ दिन आग्रह गरेको छ l दर्शक तथा श्रोतालाई मतदान गर्न सरल होस् भनि एमडीसी एप (अनुप्रयोग )छिट्टै आउने तयारीमा छ l

प्रतिस्प्रद्धिका सामग्रीलाई युट्युबमा राखिनु को साथै संचार माध्यम मार्फत प्रचार प्रसार गरिने छ l एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरुमा नेपाली चलचित्रका नायक दिलिप रायमाझी ,डीबी गुरुङ तथा मंजु भुजेल रहने छन् l गत बर्ष २०१६ मा पुर्नी गुरुङ  विजेता बनेकी थिइन् l
बिस्तृत जानकारीको लागि आयोजकको आधिकारिक संजाल(वेब साइट ) https://www.merodancecup.com/तथा सामाजिक संजाल (फेसबुक)हेर्न सकिने जनाएको छ l

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com