अर्घाखाँची सुरक्षित छ : प्रजिअ पौडेल


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

विश्वजगतमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड–१९ का संक्रमितहरु नेपालमा दिनप्रतिदिन बढिरहेका छन् । कोरोना भाइरसबाट पछिल्लो समय नेपाली जनताहरु पनि त्रसित बनिरहेका छन् । नेपाल सरकारले कोरोनाबाट बँच्न उच्च सर्तकता अपनाएको छ । त्यसैगरी पहाडी जिल्ला अर्घाखाँचीले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यहरु गरिरहेको छ । यसै सन्दर्भमा रहेर जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलसँग संचारकर्मी सुरज घिमिरेले खसोखासका लागि गरेको को कुराकानीको संक्षेप ।

संसारभर यतिबेला कोरोना भाईरसको महामारी छ । नेपालमा पनि दिनानुदिन कोरोनाका संक्रमितहरु बढिरहेका छन् । कोरोनोको रोकथाम तथा नियन्त्रणको लागि अर्घाखाँची जिल्लाले के कस्ता कार्यहरु गरिरहेको छ ?

विश्वजगतमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड–१९ का संक्रमितहरु नेपालमा दिनप्रतिदिन बढिरहेका छन् । यसको रोकथामका लागि अर्घाखाँचीले पनि विशेष योजना बनाएर अगाडी बढेको छ । नेपालमा लकडाउन लागूू भएपछि अर्घाखाँची जिल्लाले जिल्लालाई कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि विभिन्न निर्णयहरु गर्यो र लकडाउनलाई प्रभावकारी बनाउनका लागि कार्यान्वयन गरेको छ ।

अर्को कुरा, केहि दिन यता छिमेकी जिल्लाहरुमा देखिएको कोरोना संक्रमणको स्थितिलाई हेरेर पछिल्ला दिनहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमाबाट अति जरुरी काम भएका र पास भएका (बुधबारसम्म) मान्छेहरु मात्र आउने जाने गरेका छन् । अरु मान्छेलाई जिल्लामा प्रवेश गर्न दिइएको छैन् । जिल्ला बाहिर वा देशबाहिरबाट आउनेहरुको क्वारेन्टाइनमा राखी आरडिटी, पिसिआर जाँचगरी नेगेटिभ आएका सबैलाई घर पठाएका छौं । सम्रगमा भन्नुपर्दा अहिलेसम्म अर्घाखाँची सुरक्षित छ । हामिले भन्नुपर्दा राम्रो संँग व्यवस्थापन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सदरमुकाम सहित विभिन्न ठाउँमा चहलपहल देखिन्छ, सर्वसाधारणले नियम पालना नगरेका हुन् या प्रशासनको कमजोरी हो ? लकडाउन प्रभावकारी बन्न नसकेको देखियो नि ?

लकडाउन कार्यान्वयनका लागि हाम्रा सुरक्षाकर्मीहरु खटिरहनु भएको छ । केन्दीय सरकारले जनतालाई पिरमर्का परेको हुन सक्छ, साथमा पैसा नहुन सक्छ, दैनिक गुजारा चलाउन गाह्रो पर्छ भनेर बैंकिङ सेवाहरु सञ्चालन चलाउन निर्देशन दिएको छ । जनताहरुसमान सक्किदा किन्न आउनै पर्यो, यी विविध कारणहरुले गर्दा जनता दैनिक गुजारा चलाउन बाहिर निस्किनुपर्ने भएकोले केहि मानिसहरु हिडेको देखिएको हुन सक्छ । तर लकडाउनको नीति कार्यान्वयन भइराखेको छ ।

कोरोना नियन्त्रणका लागि अहिले अर्घाखाँची जिल्ला भर कति क्वारेण्टाइन बेड छन् ? कति मानिसहरु त्यहाँ बसेका छन् ? कतिको ¥यापिड टेस्ट गरियो ? कति नागरिक बाहिरबाट आए ? यस विषयमा पनि जानकारी गराई दिनुस् न ?

अर्घाखाँचीमा विभिन्न जिल्ला तथा विभिन्न देशहरुबाट आउनेहरुलाई पहिचान गरेर क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म ५ सय ५७ बेड सहितका क्वारेन्टाइन स्थापना गरेका छौं । हालसम्म हामीले १ सय २० जनाको आरडिटी जाँच गरेका छौं । ती सबैको नतिजा नेगेटिभ आएको छ । १ सय ३६ जनाको पिसिआर नेगेटिभ आएको छ । २५देखि ३० जनाको रिपोर्ट आउन बाँकी छ ।

भैरहवामा परिक्षण भइरहेको छ । क्वारेन्टाइनमा आउने–जाने भइरहन्छ । हाल ३५ जना जति क्वारेन्टाइनमा रहेका छन् । भारतबाट अहिलेसम्म अर्घाखाँची आउनेको संख्या करिब १ सय ६० रहेको छ । साथै भारत सहित अन्य राष्ट्रबाट आउने संख्या ३५ सय रहेको छ।
कोरोना रोकथामको लागि जिल्ला भर कति स्वयंमसेवक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिएको छ ?

जिल्लामा साविकका सबै सुरक्षाकर्मी खट्नु भएको छ । यस्तै स्थानीय तहको दरबन्दी अनुसार स्वास्थ्य चौकीहरु, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालयमा रहेका सबै स्वास्थ्यकर्मीहरु पनि अहिले कोरोना नियन्त्रणमा खटिरहनु भएको छ ।

जिल्लामा खाद्यान्न, पेट्रोलियम पदार्य लगायत अत्यावश्यक सममाग्रीको आपूर्ति कसरी गर्नु भएको छ ? लकडाउनका कारण जिल्लामा असहज परिस्थिती सृजना त हुने होइन ?

जिल्लामा खाद्यान्न, पेटोलियम पदार्थको आपूर्ति व्यवस्था राम्रो छ । अझैपनि करिब एक महिना जिल्लामा खाद्यान्न नभित्रिएपनि पुग्ने व्यवस्था छ ।

स्वास्थ्य सामग्री, रिचार्ड कार्डदेखी खाद्यान्न साम्रगीहरु सम्ममा मुल्यवृद्धि वा भनौं, कालोबजारी बढेको यताकदा गुनासो सुनिन्छ । तपाईहरु त अनुगमनमा पनि हिड्नु हुन्छ, के पाउनुभएको छ ?

हामीले बेला–बेलामा अनुगमन गर्छौ । मेरो साथै जिल्ला प्रशासन कार्यालयको जानकारीमा अहिलेसम्म यहाँनिर, यसरी कालोबजारी भयो भनेर कसैलेपनि जानकारी दिनुभएको छैन । अनुगमनमा जाने सचेत गराउने, उहाँहरुलाई मूल्यको बारेमा टाँस गर्न लगाउने यी कामहरु नियमित तरिकाले भइराखेका छन् ।

कोरोनाको महामारीका कारण यति बेला जिल्लावासी त्रसित छन् ? अर्घाखाँचीवासीहरुको मनोबल उच्च बनाउन तपाईंको सन्देश के छ ?

लकडाउनको नीति कार्यान्वयन गरिएको छ । लकडाउनलाई कडाई गरिएको छ । हामीले बिदेश तथा बाहिरी जिल्लाबाट आउनेहरुलाई नियन्त्रणमा राखेका छौं । सम्पूर्ण जिल्लाबासी ढुक्क भएर बस्नुहोस् । अर्घाखाँचीबासी सम्पूर्णमा लकडाउनको पालना गर्दै मास्कको प्रयोग गर्नुहोला, साबुन पानीले पटक–पटक हात धुनुहोला ।

कोरोना संक्रमणबाट जिल्ला साथै देशलाई बचाउन यहाँहरुको साथ र सहयोगको खाँचो छ । कृपया जिल्लाबासीहरु घरमै सुरक्षित बस्नुहोस् । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com