यस्तो ब्यक्तिले हुन पाउने भए,माओवादी केन्द्रको उमेद्वार


प्रकाशित मिति : चैत्र २५, २०७३ शुक्रबार

बेशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उमेद्वारहको मापदण्ड तोकेको छ ।

माओवादी केन्द्रको अनुसार आफ्नो पार्टीको उमेद्वार बन्नका लागि विभिन्न ९ वटा मापदण्डहरु पूरा गर्नुपर्ने जनाईएको हो ।

उमेद्वारले पार्टीको नीति, कार्यक्रम र कार्यदिशा लागू गर्नुपर्नेछ र पार्टीको संगठन विस्तार गर्दै जनतामा पार्टीको आधार खडा गर्ने क्षमता राख्ने हुनुपर्ने जनाईएको हो ।
उमेद्वार हुन स्थानीय तहमा लोकप्रिय, वर्ग दृष्टिकोण स्पष्ट भएको र जनयुद्धमा भूमिका खेलेको हुनुपर्ने जनाईएको हो ।

सार्वजनिक काममा दक्ष, चुनावी रणनीतिमा दख्खल व्यक्ति माओवादी केन्द्रको तर्फबाट स्थानीय तहमा उम्मेदवार बन्न सक्षम हुनेछ ।

उमेद्वार हुनका लागि पहिलो शर्त भनेको उम्मेदवार छनोट भइसकेपछि उसले आफ्ना सम्पूर्ण सम्पत्ति विवरण र आयस्रोत अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने जनाईएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com