कांग्रेसका नेताबाट प्रधानमन्त्री प्रचण्डप्रति चर्को असन्तुष्टि


प्रकाशित मिति : चैत्र २५, २०७३ शुक्रबार

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति चर्को असन्तुष्टी ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दुई चरणमा चुनाव गर्ने प्रस्ताव गरेर सत्ता लम्ब्याउन चाहेको तथा सरकारमा कांग्रेसलाई भन्दा राप्रपालाई माथिल्लो वरियतामा राख्ने तयारी गरिरहेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टी जनाएका हुन् ।

नेपाली कांग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय कार्यसमितिको संसद् भवनको ल्होत्से हलमा बसेको संयुक्त बैठकमा नेताहरुले दुवै प्रस्ताव नमान्न पनि पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भन्दा कमल थापालाई माथिल्लो वरियतामा राख्ने तयारी प्रधानमन्त्रीले गरिरहेकोप्रति आपत्ति जनाउदै नेताहरुले प्रधानमन्त्री दाहालले कांग्रेसलाई पेल्न थालेकोप्रति गम्भीर हुन नेतृत्वसँग आग्रह पनि गरेका छन् । संसद भवनमा बसिरहेको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरुले दूई चरणमा चुनाव गर्ने प्रस्ताव चुनावै हुन नदिने षडयन्त्र पनि हुनसक्ने भन्दै कुनै पनि हालतमा स्वीकार्न नहुनेमा जोड दिएको पार्टी सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अहिलेसम्म धारणा राख्ने सबैजसो नेताले स्थानीय चुनाव दुई चरणमा गर्ने प्रस्ताव चुनावै हुन नदिने र अर्कोतिर सत्ता लम्ब्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको खेल हुनसक्ने भन्दै आशंका ब्यक्त गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा धारणा राखेका नेताहरुले सबैभन्दा ठूलो दलका रुपमा कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याउन भूमिका खेल्नुपर्ने र संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव बारे पनि आधिकारिक धारणा ल्याउनुपर्नेमा जोड दिएका छन् । स्थानीय चुनावको घोषणापत्र बनाउदा कांग्रेसले स्थानीय विकास र जनजीविकाको विषयलाई केन्द्रमा राख्नुपर्ने नेताहरुले सुझाव दिएका छन् । पार्टीको महाधिवेशनमा उठेका एजेण्डा तथा संविधानसभा चुनावका बेलाको घोषणापत्रका आधारमा स्थानीय चुनावमा मुद्दा उठाउनुपर्ने र घोषणापत्र बनाउनुपर्नेमा कांग्रेस नेताहरुको जोड छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com