भित्रि रुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको बिषयः पूर्व अर्थमन्त्री पुन


प्रकाशित मिति : चैत्र २५, २०७३ शुक्रबार

माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य वर्षमान पुन अनन्तले प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको खुलासा गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल पाच नम्बर प्रदेशले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनले एमालेको प्रस्ताव ठाडै अस्विकार गर्दै वैशाख ३१ मै चुनाव गर्न माओवादी केन्द्र र सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयो । एमालेका शीर्ष नेतृत्वले हामी पनि सरकारमा आउछौ भन्दै माओवादीको नेतृत्वमा तीन तहकै चुनाव गर्न स्थानीय तहको चुनाव कात्तिकमा सारौं भन्ने प्रस्ताव आएको नेता पुनले बताउनुभयो । गठबन्धनप्रति प्रतिबद्ध रहेको भन्दै स्थानीय तहको चुनावपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने प्रतिउत्तर दिएको पुनको भनाइ छ ।

एमालेले चुनावको चर्का चर्का कुरा गरेपनि भित्रि रुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको बिषय भएको नेता पुनले बताउनुभयो ।

मधेसी मोर्चासंग सहमतिका लागि अर्को साता संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताउदै माओवादी केन्द्र प्रदेश नम्बर पाचका इन्चार्जसमेत रहनु भएका पुनले तराई मधेसका १० र १२ जिल्लामा जेठ १५ अघि नै दोश्रो चरणको चुनाव सक्ने गरी सहमतिको सम्भावना रहेको बताउनुभयो । उहाले स्थानीय चुनावमा स्थानीय बिशेषता हेरेर कांग्रेस र एमालेसंग तालमेलको सम्भावना रहेको बताउदै माओवादी एक्लै चुनावमा प्रस्तुत हुने गरी तयारी गरिरहेको बताउनुभयो । उहाले दक्षिण र उत्तरको सन्तुलन मिलाउन सरकार सफल भएको दावी गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com