४८ लाख मतदाताले मतदान गर्न नपाउने


प्रकाशित मिति : चैत्र २४, २०७३ बिहीबार

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा लगभग ४८ लाख मतदाताले मतदान गर्न नपाउने भएको छ । निर्वाचनका लागि खट्नुपर्ने तथा विदेशमा भएका मतदाताहरु मतदानबाट वञ्चित हुने भएका जनाईएको हो ।
निर्वाचन आयोगले देशभर कूल १ करोड ४० लाख ५४ हजार ४ सय २२ मतदाताको नामावली सार्वजनिक गरेको थियो।
जसमध्ये निर्वाचनको सुरक्षाका लागि ९० हजार नेपाली सेना, प्रहरी ७२ हजार, सशस्त्र प्रहरी ३७ हजार, अनुसन्धान विभागका ३ हजार र ७५ हजार म्यादी प्रहरी खट्दैछन्।

यसअघि संविधानसभाको निर्वाचनमा भने उनीहरुले समानुपातिकतर्फ मतदान गर्न पाएका थिए। तर स्थानीय तहको निर्वाचनमा उनीहरुले भोट हाल्न पाउने छैनन्। आयोगले सुरक्षाकर्मीलाई आफ्नै क्षेत्रमा खटाउँदा सुरक्षा फितलो हुने भएकाले खटाउने गरेको छैन।
त्यसैले सुरक्षाकर्मीतर्फ २ लाख ७७ हजार मतदानबाट वञ्चित हुनेछन्।
त्यस्तै निर्वाचन आयोगले निर्वाचन प्रयोजनमा १ लाख ११ हजार ८ सय ४८ कर्मचारी खटाउँदैछ। उनीहरु पनि सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा नखटिने हुनाले मतदानबाट वञ्चित हुनेछन्। आयोगले ७५ मुख्य निर्वाचन अधिकृत, ६६९ निर्वाचन अधिकृत गरी ६ हजार ८ सय ४८ कर्मचारी निर्वाचनको व्यवस्थापनमा खटाउनेछ।

त्यस्तै आयोगले अनुमान गरे अनुसार २१ हजार मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारी खटाउने तयारी छ जसमा १ लाख ५ हजार कर्मचारी प्रयोग हुनेछन्।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा अझ धेरै कर्मचारी प्रयोग हुन सक्ने भएकाले संख्या अझ थप हुनसक्ने आयोगले जनाएको छ। यसरी ठूलो संख्यामा सरकारी कर्मचारी आफ्नो बसोबास रहेको स्थानीय तहको निर्वाचनमा मतदानबाट वञ्चित हुँदैछन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

निर्वाचन आयोगले एक मतदान केन्द्रमा तीन जनाका दरले स्वयंसेवकसमेत खटाउँदैछ। यसका लागि ६३ हजार स्वयंसेवक उपयोग हुनेछन्। तर ती स्वयंसेवक सम्बन्धित मतदान केन्द्रकै हुने भएकाले उनीहरुले भने मतदान गर्न पाउने जनाईएको हो ।
त्यस्तै वैदेशिक रोजगार प्रवद्धन बोर्डका अनुसार ४३ लाख ८९ हजार विदेशमा कामका लागि गएका छन्। १८ वर्ष उमेर पुगेका नागरिक नै कामका लागि जाने भएकाले लाखौँको संख्यामा मतदाता मतदानबाट वञ्चित भएका हुन्। तर उनीहरु मध्ये कति स्वदेश फर्किएका छन्, कतिको मतदाता नामावलीमा नाम छ भन्ने चाहिँ स्पष्ट छैन।
त्यस्तै विदेशमा अध्ययनका लागि पुगेका ३० हजार ६ सय विद्यार्थीहरु पनि मतदानबाट वञ्चित हुनेछन्।

यसैगरी निर्वाचन आयोगले निर्वाचनको स्वच्छता परीक्षणका लागि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थामार्फत् अनुगमन र पर्यवेक्षणको व्यवस्था गर्दै आएको छ। यसरी अनुगमनमा खटिनेहरु पनि मतदानबाट वञ्चित हुनेछन्।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अनुगमनकर्ता मागेका छौँ। एउटा अनुगमनकर्ता संस्थाले कम्तिमा हिमाल पहाड र तराई गरी सय वटा मतदान स्थलमा अनुगमन गर्ने गरी कर्मचारी खटाउने सर्त हाम्रो रहेको भनाई छ ।

यसरी पर्यवेक्षणमा खट्ने संख्या झण्डै १८ हजार हुनेछ। तर पर्यवेक्षकको व्यवस्थापन र अनुगमनमा खटिने झण्डै ३ हजार भने मतदानबाट वञ्चित हुनेछन्।

त्यस्तै निर्वाचनको समाचार संकलनका लागि देशभर पत्रकारहरु खट्नेछन्। पत्रपत्रिका, रेडियो, टेलिभिजनका ठूलो संख्यामा पत्रकारहरु खट्नेछन्। ७५ जिल्लामा रिपोर्टर राखेका दैनिक पत्रिका, हजारौँको संख्यामा रहेको रेडियो र टेलिभिजनहरुले सूचना संकलन र प्रत्यक्ष प्रसारणमा पत्रकारहरु खटाउनेछन्, जसका कारण अनुमानित ३ हजार पत्रकार मतदानबाट वञ्चित हुने जनाइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com