राष्ट्रपति भण्डारी ५ दिने राजकीय भ्रमणका सिलसिलामा भारत जाने


प्रकाशित मिति : चैत्र २४, २०७३ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने राजकीय भ्रमणका सिलसिलामा आगामी बैशाख ४ गते भारत जानु हुने भएको छ ।
वैशाख ४ देखि ८ गतेसम्म भारत सरकारको निम्तोमा राष्ट्रपति भण्डारी भारत जानुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिमा निर्वाचत भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा राष्ट्रपतिको भारत भ्रमणको चर्चा भएपनि मुलुकमा भएको अघोषित नाकाबन्दीका कारण मिति तय हुन सकेको थिएन ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि पनि राष्ट्रपतिको भारत भ्रमण रोकिएको थियो । मुलुक स्थानिय निकायको निर्वाचनमा होमीएका बेला राष्ट्रपति भण्डारी राजकीय पॉच दिने भ्रमणका लागि भारत जानु अर्थपूर्ण रहेको विश्लेषकहरुको भनाई छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com