फ्याक्ट चेक : कोरोनाबिरुद्ध हिन्दुमन्त्र पाठ गर्न ह्वाइटहाउसमा पुजारी बोलाइएको हो ?


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

राष्ट्रिय प्राथना दिवशको अवशरमा ह्वाइट हाउसमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न धर्म सम्बन्धित व्यक्तिलाई बोलाइएको थियो । उक्त कार्यक्रममा क्रिश्चियन, यहुदी, हिन्दु र मुस्लिम धर्मका धार्मिक व्यक्तित्वहरुले प्राथना गरेका थिए ।

कतिपय भारतीय र नेपाली संचारमाध्यमहरुले उक्त घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दु पूजारीलाईमात्र ह्वाइट हाउसमा बोलाएर शान्ति स्वस्ती पाठ गर्न लगाएको ढंगले व्याख्या गरेका छन् । तर बार्षिक रुपमा आयोजना गरिने प्राथना दिवशमा हिन्दु पूजारीमात्र नभएर क्रिश्चियन, यहुदी र मुस्लिम धर्मका व्यक्तित्वहरुले पनि प्राथना गरेका हुन् ।

हरेक बर्षको मे महिनाको पहिलो बिहिबार प्राथना दिवश मनाइन्छ । र, यो कार्यक्रम हरेक बर्ष ह्वाइटहाउसको रोज गार्डेनमा आयोजना गरिदै आएको छ । तर यो बर्षको कार्यक्रम भने विगतको तुलनामा विशेष थियो । यो बर्षको कार्यक्रममा विभिन्न धार्मिक व्यक्तित्वहरुले छुट्टाछुट्टै र विशेष प्राथना गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिन्दु पुजारी हरिश ब्राम्भाटले शान्तिमन्त्र पाठ गरेका थिए । उनले पाठ गरेको मन्त्र यस्तो थियो :

ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः
पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।
वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः
सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

प्राथनामा उपस्थीतहरुले कोरोनाभाइरसबिरुद्ध प्राथना गरेका थिए । उनीहरुले कोरोना भाइरस लगायतका विश्वमा रहेका अन्य विपत्तिबाट मुक्ति दिलाउन भगवानसँग प्राथना गरेका थिए ।

कोरोना भाइरसको महामारी आएका कारणमात्र यो प्राथना सभा आयोजना गरिएको भने होइन । हरेक बर्षको मे महिनाको पहिलो बिहिबार आयोजना गरिने यो कार्यक्रममा यसपटक कोरोनाको महामारी हुनु संयोगमात्र हो ।

उक्त कार्यक्रमको सम्पूर्ण स्क्रीप्ट यहाँ उपलब्ध छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com