नयाँ शक्तिको विकास नीति


प्रकाशित मिति : चैत्र २४, २०७३ बिहीबार

नयाँ शक्ति पार्टी, नेपालले आसन्न स्थानिय तहको निर्वाचनका लागि तीन तहको कार्ययोजना निर्माण गरेको छ । नयाँ शक्तिले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन गरी तीन तहको विकासको नीतिलाई अंगिकार गर्ने भएको छ ।

नयाँ शक्ति पार्टी नेपालले देशको समृद्धिलाई मुख्य मेरुदण्डको रुपमा लिएर अगाडी वढ्ने भएको छ । देशको तीब्र आर्थिक विकासकालागि सडक, रेल, केवुलकार, एयरपोर्ट, उर्जा, सञ्चार लगायतका पूर्वाधारहरुलाई नयाँ शक्तिले अनिवार्य पूर्वशर्त मानेको छ ।
उसले पूर्वाधारको विकासलाई महत्वपूर्ण हतियारको रुपमा अंगिकार गर्ने निर्णय गरेसँगै सबै प्रदेशमा बिशेष पहिचान सहितका सुन्दर प्रादेशिक राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

एसियाली मापदण्डका निर्माणाधिन सहरहरुले प्रदेशको आर्थिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउने नयाँ शक्तिको दावी छ । यसैगरी प्रदेशका राजधानी वरिपरि सुन्दर एकीकृत ग्रामीण वस्तिहरु बनाउने, दुर्गमक्षेत्र र अति ग्रामिण बस्तिहरु हटाउने र सुन्दर ‘स्मार्ट’ आवास क्षेत्र बनाउने लक्ष्य पनि लिएको छ ।

उसले ५ वर्ष भित्र प्रत्येक गाउँपालिकासम्म पक्की सडक सञ्जाल निर्माण गरिसक्ने, मेचीकाली राजमार्गलाई ६ लेनको बनाउने, तराई मधेसमा हुलाकी राजमार्गलाई ४ लेनको पक्कि राजमार्गको स्वरुप दिने र मध्यपहाडी लोकमार्गलाई ५ बर्षभित्र कालोपत्र बनाइसक्ने विषयलाई पनि प्रमूखता दिएको छ ।

अबको १० बर्षमा पूर्व–पश्चिम रेल सेवा सुचारु गरिसक्ने, एक दिनमै मेची–काली यात्रा गराउने, उत्तर–दक्षिण नाकाहरु खुल्ला गर्ने र चीनको मुख्य सहर तिब्बतसँगको व्यापार सहज बनाउने विषयलाई पनि नयाँ शक्तिले प्राथमिकतामा राखेको छ ।
यसका लागि उत्तर दक्षिण जोड्ने आधुनिक सडक सञ्जाल ५ वषर््ाभित्र पूरा गरिसक्ने, जलासययुक्त ठूला विद्युत परियोजनाहरु मार्फत लोडसेडिङगको पूर्ण अन्त्य र विद्युत आयातको समाप्ति गर्ने कार्ययोजना बनाएको छ ।

हरेक प्रदेशमा अन्तराष्ट्रिय स्तरका एक—एक विश्वविद्यालय र दुई—दुई ठूला अस्पताल, र प्रदेशको विशेषता अनुसार महर्षि जनक मिथिला विश्वविद्यालय, मुस्लिम विश्वविद्यालय लगायतको स्थापना गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

हरेक गाउँपालिका सम्म २५ सैय्याका ग्रामिण अस्पतालहरु ५ बर्षभित्र खोल्ने, हरेक प्रदेशमा एक—एक अन्तराष्ट्रिय एयरपोर्टका साथै अहिलेका ठूला परियोजनाहरु, सबै राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्ने नयाँ शक्तिले प्रतिबद्धता जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com