आजदेखी सरकारका मन्त्रीहरुले सरकारी गाडी प्रयोग गर्न नपाउने


प्रकाशित मिति : चैत्र २४, २०७३ बिहीबार

सरकारका मन्त्रीहरुले पार्टीका कार्यक्रममा सहभागी हुदा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले निर्वाचन आचारसंहिता पालना गर्न भन्दै मन्त्रीहरुले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुदा झण्डावाला र सरकारी नम्बर प्लेट भएका गाडीको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था गरेकामा अहिले केही खुकुलो र सहज गराएको पनि आयोगले जनाएको छ । यस्तै चुनावमा भाग लिने उम्मेदवारले वैशाख १६ गते उम्मेदारी दिने र वैशाख १९ गते चुनाव चिन्ह पाउने भन्दै त्यसपछि मन्त्रीहरुले कुनै पनि कार्यक्रममा भाग लिन नपाउने आयोगले जनाएको छ ।
आयोगको बैठकले आचारसंहिता पालनासम्बन्धी नीतिगत निर्णयलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com