कांग्रेस चुनावी घोषणापत्र तयारीका लागि बहसमा


प्रकाशित मिति : चैत्र २३, २०७३ बुधबार

नेपाली कांग्रेसले स्थानीय निर्वाचन नजिकिँदै गर्दा संसद्को सबैभन्दा ठूलो दलचुनावी घोषणापत्र तयारीका लागि बहस सुरु गरेको छ।

कांग्रेसले आजदेखि घोषणापत्रमा समावेश गर्ने विषयका बारेमा केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा जम्बो ३५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको बहस सुरु गरेको जनाईएको हो ।

पहिलो चरणमा कांग्रेसले पेशागत संगठनहरुसँग सुझाव लिएको छ भने  प्राध्यापक संघ, नेपाल बार एसोसिएसन, पत्रकार महासंघ, नेपाल प्रेस युनियन, शिक्षक संघ, इन्जिनियर एसोसिएसन, मेडिकल एसोसिएसन, कलाकार संघ, कृषक संघ, बुद्धिजीवीसहित अधिकांश पेशागत संगठनसँग कांग्रेसले आज छलफल गरेको जनाईएको हो ।
छलफलमा कांग्रेसले गठन गरेको घोषणापत्र समितिका संयोजक महेश आचार्यले घोषणापत्रका मुख्य विशेषताका विषयहरु राखेर सुझावका लागि पेशागत संगठनहरुलाई आह्वान गरेका छन्।

पेशागत संगठनहरुले नेपाली कांग्रेसले विगतमा गर्न नसकेका काम र कारणहरु पनि खुलाएर घोषणापत्रमा राख्न सुझाव दिएका छन्। प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, मेडिकल एसोसिएसन, इन्जिनियर एसोसिएसन, पत्रकार महासंघ, प्रेस युनियन र कृषक संघले सबै पेशा र व्यवसायमा लागेका मानिसहरुले अपनत्व ग्रहण गर्ने र विकासलाई प्राथमिकतामा राख्ने घोषणापत्र निर्माणका लागि सुझाव दिएका जनाईएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com