प्रबुद्द ब्यक्ति समूह (इपिजी)को बैठक आजदेखि काठमाडौंमा


प्रकाशित मिति : चैत्र २३, २०७३ बुधबार

नेपाल–भारत सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्द ब्यक्ति समूह (इपिजी) को तेश्रो बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।
राजधानीको अन्नपूर्ण होटेलमा भएको दुई दिने बैठकमा सहभागी हुन इपिजी भारत तर्फका सदस्य मंगलबार काठमाडौं आइपुगेका छन् । नेपाली पक्षको संयोजक भेषबहादुर थापाले अनुसार बैठकमा विशेषगरी नेपाल—भारत सन् १९५० को शान्ति तथा मैत्री सन्धि, पुनरावलोकनका साथै दुईमुलुकबीचको सम्बन्ध, जलश्रोत र ब्यापारका विषयमा छलफल हुने समिति सचिव यादव खनालले जानकारी दिनुभयो ।
आजबाट राजधानीमा शुरु भएको प्रबुद्द ब्यक्ति समूहको बैठक अघिल्लो दुईवटा बैठककै निरन्तरता हो । सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनलगायत सबै बिषयमा छलफल सयोजक थापाले बताउनुभयो  । हालसम्म् भएका बैठकमा भारतका तर्फबाट हालसम्म कुनै एजेन्डा प्रस्तावित गरिएका छैनन् । बैठक मार्फत नेपाल–भारत बीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको धारा ५, ६ र ७ मा संशोधन गर्न चाहेको छ ।
समूहमा नेपालका तर्फबाट पूर्वराजदूत डा.भेषबहादुर थापा, एमाले सभासद् राजन भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री निलाम्बर आचार्य सदस्य छन ्। त्यसैगरी भारतका तर्फबाट नेपालका लागि पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी. लामा र भुवनचन्द्र उप्रेति र भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी सदस्य छन्।
नेपाल–भारत शान्ति तथा मैत्री सन्धि (सन् १९५०) लगायतका अन्य द्विपक्षीय सहमति र सन्धिबारे समूहले दुवै सरकारलाई दुई बर्षभित्र प्रतिवेदन दिनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com