अमेरिकामा ११ दिनमा कोरोना संक्रमण निको हुने औषधी प्रयोगका लागि स्वीकृति प्रदान


प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोना भाइरसबिरुद्धको उपचारकालागि रेम्डिसिभियर नामको औषधी प्रयोगलाई आपतकालिन अनुमति प्रदान गरेको छ । क्लीनिकल अध्ययनको प्रारम्भिक परिणामले यो औषधीको प्रयोगबाट कोरोना भाइरस संक्रमणका बिरामीहरु शीघ्र निको भएको देखाएपछि उक्त एन्टीभाइरल औषधीको प्रयोगका लागि अनुमति दिइएको हो । कोरोनाबिरुद्ध स्पष्ट सकारात्मक परिणाम दिएको यो पहिलो औषधी बनेको छ ।

कोभिड १९ का अस्पतालमा भर्ना गरिएका बिरामीहरुका लागि औषधी उपलब्ध हुने एफडीएका कमिश्नर स्टेफन हानले जानकारी दिएका छन् । नेशनल एन्स्टीच्युट अफ हेल्थको क्लीनिकल परीक्षणबाट उत्साहजनक परिणाम आएको निष्कर्ष निकालिएको दुईदिनपछि एफडीएले औषधीको प्रयोगको अनुमति दिएको हो ।

एफडीएले यसभन्दा अगाडि मलेरियाको औषधी क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनलाई आपतकालिन रुपमा कोरोनाको उपचारका लागि प्रयोग गर्न स्वीकृति प्रदान गरेको थियो । तर पछि यो औषधीको प्रयोगबाट बिरामीको मुटुको चालको समस्यादेखिएपछि उक्त औषधी प्रयोगबिरुद्ध चेतावनी जारी गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर रेम्डिसिभियर नामको औषधीको प्रयोगबाट कोरोना संक्रमित बिरामीहरु ११ दिनमा नै निको भएको नेशनल एन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजको अध्ययनबाट पत्ता लागेको छ । यो औषधी प्रयोग नगरेकाहरु १५ दिनमा निको भएपनि यो औषधी प्रयोग गरेकाहरु ११ दिनमा निको भएका छन् ।

कम्तीमा यो औषधीको ५ दिनको डोज प्रयोग गरिएका ५० प्रतिशत बिरामीमा उल्लेख्य सुधार आएको औषधी उत्पादनकर्ता कम्पनलीले रिपोर्ट प्रकाशित गरेको छ । यो औषधीको क्लीनिकल परिक्षण कोरोनाबाट अत्यन्तै सिकिस्त भएका ३९७ बिरामीहरुमा गरिएको थियो ।

यो औषधीको ५ वा १० दिनको डोज तयार पारिने जनाइएको छ । कम्पनीले यो औषधीको उत्पादनका लागि गरिएको अध्ययनमा ५० मिलियन डलर खर्च गरिसकेको छ । कम्पनीले मे महिनाको अन्त्यसम्ममा डेढलाखभन्दा बढी १० दिने डोजका औषधीहरु उत्पादन गर्ने जनाएको छ ।

अहिलेका लागि भने यो औषधी आईभीमार्फत अस्पतालमा भर्ना भएका बिरामीलाईमात्र दिन सकिन्छ । कोरोनाको संक्रमण पुष्टी भइसकेकाहरुलाईमात्र यो औषधी चलाउन अनुमति दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com