मेवा


प्रकाशित मिति : चैत्र २२, २०७३ मंगलबार

-अच्युत सिग्देल

विस्तारै विस्तारै हल्कासॅग
मुसार्दै मुसार्दै तल वाट
माथी सम्म चपक्क छाती टाॅसेर
हातमा हात कस्दै
खुट्टाले खुट्टा जोडेर
विस्तारै चढ्नु थियो
अग्ला अग्ला
ठूला ठूला छानी छानी
सलक्क र गलक्क परेका,
विस्तातै सुम्सुम्याएर टपक्क
टिपनु थियो
भटेनु काट्नु थियो विस्तारै ताछ्नु थियो
पल्टाई पल्टाई हल्का समाएर
पुरा नंग्याए पछि
भूईमा सुताएर
चिटिक्क विचमा चिर्नु
थियो ।
चिचै चिरा पारेर
पारिलो घामलागेको वेला
मुख मिठो वनाएर
विस्तारै समाएर आहिस्ता
क्वाप्प खानु थियो
आहा !
कति मिठो थियो ।
मेवा ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com