एचडिएनपीले सिन्धुपाल्चोकका बिद्यार्थीलाई १० कक्षा सम्म छात्रवृति उपलब्ध गराउने योजना 


प्रकाशित मिति : चैत्र २२, २०७३ मंगलबार

 
विजय थापा,वाशिंगटन डिसी 
 
अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय( एचडिएनपी)ले सिन्धुपाल्चोकका बिद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने योजना अगाडी बढाएको छ l 
 
नेपालमा गएको भूकम्प बाट क्षति ग्रस्त भएको सिन्धु पाल्चोक जिल्लाका पिडित बिद्यार्थीहरुको लागि १० कक्षा सम्म पढाई निशुल्क गराउने भएको छ l 
 
एचडिएनपी)ले स्थापना काल देखि नै टेक्ससको ड्यालसको सेरोफेरोमा रहेका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन खुवाउने ,त्रैमासिक रक्तदान तथा काठमाडौँमा पशुपतिनाथ मन्दिर परिसरमा बस्ने बृद्ध तथा सडक बालबालिकाहरुलाई खाना खुवाउने गर्दछ l  
 
हरेक त्रैमासिक रुपमा  करिव ४ देखि ६ सय सम्म घरबार बिहिनहरुलाई भोजन खुवाउने र हरेक महिना जम्मा पारेका राखेका पुराना लुगाहरु अनाथालयमा प्रदान गर्ने गर्छ । सिन्धुपाल्चोक जिल्लाका १० बिद्यार्थीहरुरुको सम्पूर्ण खर्च व्यहोर्ने योजना अघि सारेकोले एचडीएनपीले आर्थिक कोश वृद्धि समारोह कार्यक्रम (फन्ड राइजिङ्ग गाला डिनर ) आगामी अप्रिल १४ शुक्रबारका दिन राखेको छ l
 
कार्यक्रम डीएफडब्लु विमानस्थल दक्षिण तर्फ अवस्थित हिल्टन गार्डेन इनमा हुने भएको छ l कार्यक्रम साँझ साढे ६ देखि साढे ९ सम्म हुने छ भने उक्त आर्थिक कोष वृद्धि कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहितको स्थानीय कलाकारहरुले प्रस्तुति गर्ने छन् l उक्त कार्यक्रममा सहभागी हुन् डलर $ ५० राखिएको छ l 
 
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल नेपाल /अन्तर्राष्ट्रियको बिगतको भुकम्पमा टोखा नगर पालिकाका वडा १ र २ मा ७५ जना भूकम्प पिडित परिवारलाई खाध्य समाग्री वितरण गर्नुको साथै अति प्रभावित जिल्ला नुवाकोटमा १ सय घरबार बिहिन परिवारलाई खाध्य तथा राहत सामग्री वितरण गरेको थियो l 
 
संस्थाले स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर गरिव ,असहाय ,घरबार बिहिनहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l संस्थापक देवी आचार्यले अप्रिल १४ तारिखमा आयोजना हुने कार्यक्रममा यस भेकका सबै नेपाली समुदायलाई हौशला प्रदान गर्न र साथ र सहयोगको लागि अनुरोध गरेका छन् l 
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com