एमालेमा एक जनालाई एक अवसर


प्रकाशित मिति : चैत्र २२, २०७३ मंगलबार

नेकपा एमालेले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा एक व्यक्तिले एक पटक मात्र उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी समिति बैठकले एक व्यक्तिले एक पदमा मात्र उम्मेदवारी दिन पाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकले उम्मेद्वार चयनको डेट लाइन पनि तय गरेको छ । निर्णयानुसार वडाले चैत ३०, गाउ“पालिका, नगरपालिका, उप–महानगरपालिकाले वैशाख ४, जिल्लाले वैशाख ७ र प्रदेशले वैशाख १० गतेभित्र उम्मेदवार चयन गरिसक्नुपर्नेछ । महानगरको उम्मेदवार भने स्थायी समितिले नै वैशाख १२ गते टुंगो लगाउने निर्णय भएको सचिव भट्टराईले जानकारी दिनुभयो ।

बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा १५ सदस्यीय घोषणा पत्र लेखन समिति र ईश्वर पोखरेलको नेतृत्वमा १५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बैठकले सरकारले संविधानको धारा २७४ खारेज गर्ने गरी संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

यस्तो प्रस्ताव कुनै पनि हालतमा अघि बढ्न नदिने निर्णय भएको सचिव भट्टराईले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com