खाँण र तामाङको ‘सर्काईदेउ’


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा सजिएको निकै राम्रो र सबैलाई नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोकगीतमा मोडल बब्बु थापा र गायिका प्रमिलाकै नृत्य देख्न सकिन्छ । गीतमा शिब हमालको लय/शब्द रहेको छ । बब्बु थापाले निर्देशन गरेको भिडियोलाई दुगौ पौडेलले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।

गायक रामजी खाँणले गाएका पछिल्लो समय धेरै गीतहरुलाई दर्शक तथा स्रोताले मन पराएको पाइन्छ । साथै गायिका प्रमिला तामाङले पनि लोक तथा दोहोरी गीतको क्षेत्रमा पाइला टेकेको केहि वर्ष हुँदैछ ।

उनले यो भन्दा अघि ५ वटा गीत गाइसकेकी छिन् । ‘आँखा गाजले’ बोलको लोकगीतबाट गायन यात्रा शुरु गरेकी प्रमिलाको यो छैटौं गीत हो । साथै प्रमिलाले आँफुले गाएका गीतहरुमा मोडलिङ  गर्दै आएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com