Follow @khasokhasmag

विश्वका सुन्दर महिलाको सुचीमा मिशेल र हिलारीपनि, बियोन्से पहिलो, दोश्रोमा प्रियंका


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

विश्वकी सुन्दर महिलाहरुको सुचीमा ३५ बर्षीया बियोन्से पहिलो भएकी छिन् भने ३४ बर्षीया प्रियंका चोपडा दोश्रो भएकी छिन् ।

भिडियो शेयरसम्बन्धि सामाजिक मिडिया सञ्जाल बजनेटले आयोजना गरेको पोलमा एन्जेलिना जोलीलाई पछि पार्दै प्रियंका चोपडा दोश्रो स्थानमा आएकी हुन् ।

पपस्टार बियोन्सेपछि दोश्रो स्थानमा आएकी प्रियंकाले ट्वीट्रमार्फत आफ्ना फ्यानहरुलाई धन्यवाद दिदै बियोन्से आफ्ना लागि पनि नम्बर वान नै रहेको बताएकी छिन् ।

मोडल एवं भिक्टोरियो सिक्रेटकी सुन्दरी टेलर हिल विश्वका सुन्दरीहरुको सुचीमा तेश्रो नम्बरमा छिन् भने वाट्सन चौथोमा, डाकोटा जोन्सन पाँचौं र ६९ बषीृया हिलारी क्लिन्टन छैठौं नम्बरमा परेका छन् ।

ओस्कार विजेता एमा स्टोन १२ औं नम्बरमा परेकी छिन् भने बराक ओबामापत्नी ५३ बर्षीया मिशेल ओबामा २१ नम्बरमा परेकी छिन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com