अमेरिकामा नेपाली सामाजिक अभियन्ताले पाउने भइन् १ करोडको पुरस्कार


प्रकाशित मिति : भाद्र १, २०७३ बुधबार

अमेरिकामा एक नेपाली सामाजिक अभियन्ताले १ लाख अमेरिकी डलर (झण्डै १ करोड नेपाली रुपैया) को पुरस्कार पाउने भएकी छिन् । नेपाली र नेपालीभाषी आप्रवासीहरुको अधिकारका लागि कृयाशिल संस्था अधिकारकी संस्थापक मध्येकी एक लुना रञ्जितले यो बर्षको ग्रिनेल पुरस्कार पाउने भएकी  हुन् । सामाजिक न्यायका क्षेत्रमा हासिल गरेका उपलब्धीको सम्मान गर्दै अमेरिकी कलेजले यो पुरस्कार प्रदान गर्दै आएको छ ।
ग्रिनेल कलेजले पुरस्कारका लागि दुईजना विजेताहरु छानेको छ । दुईजना विजेताहरुमध्ये एकजना लुना रञ्जित हुन् भने अर्को विजेताका रुपमा एस्मार्टका संस्थापकहरु डायना जु र ज्याकी स्टेनसनलाई संयुक्त रुपमा पुरस्कार दिइने भएको छ । हरेक पुरस्कार विजेताले संस्थाको लागि ५० हजार अमेरिकी डलर र व्यक्तिगत रुपमा ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । आगामी अक्टोबर ४ मा उक्त पुरस्कार प्रदान गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com