फ्याक्ट चेक : १२ सयको राहत आगामी सिजनको ट्याक्स रिटर्नको एड्भान्स रकम हो ?


प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार

कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटबाट जुध्न अमेरिकी सरकारले करदातालाई प्रदान गर्न सुरु गरेको १२ सय डलरको राहत रकमबारेका विभिन्न अफवाह सामाजिक सञ्जालहरुमा फैलिरहेका छन् । त्यसमध्ये एउटा अफवाह अहिले उक्त राहत रकम प्राप्त गर्नेले सन् २०२० को ट्याक्स फाइल गर्दा रिफण्ड पाउने भएमा रिफण्ड घटाएर पाउने र आईआरएसलाई तिनुपर्ने भएमा अहिले पाएको रकम जोडेर तिनुपर्ने भन्ने हो ।

यो हल्ला सत्य होइन । आईआरसले यसबारेमा स्पष्टसँग भनेको छ –  ‘अहिले उक्त राहत रकम प्राप्त गर्नेहरुले सन् २०२० को ट्याक्स फाइल गर्दा रिफण्ड पाउने भएमा यो रकम घटाइने छैन र आईआरएसलाई ट्याक्स तिर्नुपर्ने भएमा पनि यो रकम जोडिने छैन ।’

आईआरएसले राहत रकम करदातालाई पठाउन सुरुगरेदेखि नै विभिन्न मेम भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सुरुमा टिकटकमा पोष्ट गरिएको उक्त भिडियो टिकटकले हटाइदिएको छ । तर यो भिडियो फेसबुकमा भने भाइरल भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त भिडियोमा भनिएको छ – ‘सरकारले तपाईहरुलाई नबताएको कुरा के हो भने तपाईले अहिले पाएको रकम तपाईले सन् २०२० को ट्याक्स फाइलबाट पाउने रकमको एड्भान्समात्र हो । अर्कोबर्ष तपाईले आईआरएसलाई यसबापत स्वत १२ सय डलर तिनुपर्नेछ ।’

भिडियोमा दावी गरिएको यो विवरण शतप्रतिशत गलत छ ।

फेसबुकमा उक्त भिडियो गलत सुचना भन्दै कभर गरिएको छ । स्वतन्त्र फ्याक्ट चेकरहरुले यसको फ्याक्ट चेक गरेपछि फेसबुकले दर्शकहरुलाई भिडियोको सुचना गलत भएको जानकारी गराएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com