त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा छिरेपछि उडान अवतरण अबरुद्ध


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा छिरेपछि विमानस्थल आधाघन्टा अवरूद्ध भएको छ। सोमबार विहान ८ बजे विमानस्थलभित्र नै चितुवा छिरेको  हो ।

विमानस्थलभित्र छिरेको चितुवा सोमबार विहान अबेरसम्म पनि भेटिएको छैन । प्रहरी र शिकारीहरु चितुवा खोज्न लागेका छन्। साथै वन कार्यालयका प्रतितनिधिसहितको टोली चितुवाको खोजीमा लागेका छन्। सुरुमा रनवे क्षेत्र नजिकैको देखिएको चितुवा एकाएक हराएको थियो ।  

चितुवा छिरेपछि अबरुद्ध उडानअवतरण भने संचालनमा आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com