प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा र महासचिवमा राधाकृष्ण देउजा


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेसनले अध्यक्षमा प्रभु थापा र महासचिवमा राधाकृष्ण देउजालाई निर्वाचित गरेको छ ।

मेरिल्याण्डको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म संचालित प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेसनले प्रभु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सहमतिको प्रयास सफल हुन नसकेपछि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ ,उपाध्यक्षहरुमा बेनी यादब कंडेल (गोपाल) ,श्याम राजा महत ,यमुना भट्टराई रईश्वरी भट्ट निर्वाचित भएका छन् ।

मञ्चका उप महा सचिवमा कृष्ण प्रसाद लामिछाने निर्वाचित भएका छन् भने कोषाध्यक्षमा हेमन्त भेटवाल निर्वाचित भएका छन् । यसै गरि सचिवहरुमा छबि पाण्डे ,जानकी कार्की ,प्रदिप तिमिल्सिना ,उध बहादुर पन्त निर्वाचित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको उद्घाटन एमाले संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले गरेका थिए ।

कार्यक्रममा बिशेष अतिथिमा पूर्वमन्त्री युवराज कार्की ,पूर्वमन्त्री खगराज अधिकारी , पूर्व एमाले सांसद जगदिश कुसियत , मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महत, नेपाली महा बाणिज्य दुताबास न्यु योर्कका कृसु क्षेत्री ,गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रबिना थापा ,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बुद्धिजीवी प्रा डा गोपी उप्रेती लगायत दर्जनौ संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अधिवेसनमा डीसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरुको साथै अमेरिकाका विभिन्न राज्यहरुबाट आएका संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com