न्युयोर्कमा ७० माइल प्रतिघण्टाको हावाहुरी र भारी बर्षा हुँदै


प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार

सोमबार विहानैदेखि न्युयोर्कमा ७० माइल प्रतिघण्टाको दरले हावाहुरी चल्नुका साथै भारी बर्षा समेत हुने मौषमविदहरुले जनाएका छन् । आइतबार दिउसोसम्म मौषम ठीक भएपनि रातीदेखि बिग्रन सुरु गर्ने र कैयन स्थानमा बाढी समेत आउने जनाइएको छ ।

समुन्द्री तटहरुमा हावाको बेग अझै उच्च हुनेछ । हावाहुरी र बर्षाका कारण रुखहरु ढल्ने र कतिपय स्थानमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न हुनसक्ने जनाइएको छ । सोमबार कडा मेघगर्जन समेत हुनसक्ने मौषमविदहरुले अनुमान गरेका छन् ।

सोमबार रातीदेखि हावाहुरी कम भएपनि त्यसको प्रभाव मंगलबारसम्म रहने छ । सोमबार न्युयोर्कको तापक्रम भने ६८ डिग्री फरेनहाइटसम्म पुग्नेछ । तर मंगलबारदेखि भने पुन घट्नेछ र जाडो अनुभव हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com