एमाले राष्ट्रवादले देश बिखण्डनमा धकेलियोः देउवा


प्रकाशित मिति : चैत्र २०, २०७३ आईतबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले राष्ट्रवादको कुरा उचालेर देशलाई विखण्डनतर्फ धकेलेको आरोप लगाउनु भएको छ ।

कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई इटहरीमा सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रवादको नाममा मधेस र मधेसी जनताई गाली गरेर देशलाई विखण्डनतर्फ धकेल्न खोजेको आरोप लगाउनु भएको हो । देशका कुनै भूभागका जनतालाई अराष्ट्रवादी भनेर गाली गर्दैमा राष्ट्रियता बलियो हुन नसक्ने भन्दै सभापति देउवाले एमाले राष्ट्रिवादी पार्टी हुन नसक्ने धारणा राख्नु भयो ।

एमाले अध्यक्ष ओलीले पहाडीया राष्ट्रवादको बलमा मधेसी जनतालाई गाली गरेर देश विखण्डनमा धकेल्न खोजेको सभापति देउवाको आरोप छ । एमालेका कारण देश विखण्डनतर्फ उन्मुख भएको बताउ“दै सभापति देउवाले एमाले नेताहरुलाई मधेस र मधेसी जनताको हित विपरितका अभिव्यक्ति बन्द गर्न पनि आग्रह गर्नु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com