आईतबार विहान निर्वाचन अयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलगायत शीर्ष नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ शक्तिसहित ६४ दलले दलीय चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएका हुन् । जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको जनाईएको हो ।
उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको जनाईएको हो ।
६४ दलको आयोजनामा आइतबार बिहान निर्वाचन आयोग घेराउ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा माओवादीका दुई पूर्वनेताहरु डा।बाबुराम भट्टराई र सीपी गजुरेल सडकमा उत्रिएका थिए । निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोधमा यी दलहरुले निर्वाचन आयोग घेराउ कार्यक्रममा आयोजना गरेका हुन् । यी दलहरुमध्ये केही थ्रेसहोल्डको समेत विपक्षमा छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
यसैसाता सम्पन्न नयाँ शक्तिपार्टीको बैठकले एउटौ निर्वाचन चिन्हमा पार्टीलाई चुनाव लड्न नदिए निर्वाचन पनि हुन नदिने निर्णय गरेको थियो ।
यसैसाता सम्पन्न नयाँ शक्तिपार्टीको बैठकले एउटौ निर्वाचन चिन्हमा पार्टीलाई चुनाव लड्न नदिए निर्वाचन पनि हुन नदिने निर्णय गरेको थियो ।
नयाँशक्तिको सो निर्णय लगत्तै ६४ दलका तर्फबाट प्रदर्शनको आयोजना गरिएको हो । ६४ दलले सोमबार पनि यसैगरी आयोगको कार्यालय घेरेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।