नयाँ शक्तिले निर्वाचन आयोगमा धर्ना दिने


प्रकाशित मिति : चैत्र १९, २०७३ शनिबार

नयाँ शक्ति पार्टी, नेपालले नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दवाव दिन आइतबारदेखि देशैभरका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने भएको छ ।
नयाँ शक्तिले यसअघि नै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ऐन संशोधनका लागि ४८ घण्टाको समयसीमा दिएको थियो । शनिबारसम्मको समयसीमा दिएर नयाँ शक्तिले ऐन संशोधन नभए आइतबारदेखि आन्दोलन सुरु गर्ने घोषणा यसअघि नै भएको थियो । सोही अनुसार नयाँ शक्तिले आइतबार र सोमबार निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिन लागेको हो ।
निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले षड्यन्त्र र बेइमानी गरेको भन्दै ऐन संशोधनका लागि संघर्ष गर्न बाध्य भएको नयाँ शक्तिले यसअघि नै पार्टीको धारणा सार्वजनिक गरेको छ ।
चैत १५ र १६ मा बसेको नयाँ शक्ति पार्टीको संघीय परिषद्को बैठकले दलकै चुनाव चिन्हबाटै चुनावमा भाग लिन पाउने गरी ऐन संशोधन नभएसम्म संघर्ष गर्ने निर्णय गरेको छ । ऐन संशोधन लगायत निर्वाचनको वातावरणका लागि विभिन्न ६ वटा पूवशर्त राख्दै संघर्ष र निर्वाचनमा सहभागिताको नीति संघीय परिषद्को बैठकले लिएको छ ।
स्थानीय तह निर्वाचन ऐन संशोधनबाहेक निर्वाचनको वातावरण बनाउनका लागि नयाँ शक्तिका ६ शर्तहरु निम्नानुसार छन्:
१. संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन,
२. विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको राज्यको अग्रगामी पुन:संरचना,
३. प्रभावकारी र निष्पक्ष निर्वाचका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार,
४. स्वच्छ र प्रभावकारी निर्वाचनकालागि निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास,
५. केन्द्र–प्रदेश–स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकैपटक तीनवटै निर्वाचन,
६. स्थायीत्व, विकास र समृद्धिकालागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिका रहेकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com