नेपालमा आजबाट शुरु युरो-४ स्ट्याण्डर्डको तेलको विशेषता के छ ?


प्रकाशित मिति : चैत्र १९, २०७३ शनिबार

युरो ४ स्ट्यान्डर्ड डिजे पेट्रोलको नेपालमा औपचारिक रूपमै बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो(फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो ।
यसअघि  नेपालमा भारतबाट युरो-थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो ।  भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको जनाईएको हो ।

भारतले सन् २०२० बाट युरो सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो(फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने युरो फोर गुणस्तरको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्छ । यो सवाीका कारण हुने प्रदुषण घटाउन पनि प्रभावकारी जनाईएको छ ।  युरो फोर मापदण्डको इन्धनमा सल्फरको कम हुन्छ । जसका कारण सवारीसाधनको कार्य क्षमता पनि बढ्छ भने प्रदुषण पनि यसले कम गर्न मद्दत गर्छ ।

यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्छ । महत्वपूर्ण कुरा, युरो फोर मापदण्डको तेलमा ४० पीपीएमको सल्फर हुन्छ । जुन अहिले प्रयोगमा रहेको पेट्रोलमा १५० र डिजेलमा ३५० पीपीएम हुन्छ । सल्फरको मात्रा कम हुनु नै यसको महत्वपूर्ण विशेषता हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com