धरहराको पुनःनिर्माण लागत दुई अर्ब ८० करोड:नयाँ नक्सा


प्रकाशित मिति : चैत्र १९, २०७३ शनिबार

गत बर्ष गएको भूकम्पमा काठमाडौँ उपत्यकाका अन्य विभिन्न महत्वपूर्ण सम्पदामा समेत क्षति भएको थियो । त्यहि भुकम्पमा काठमाडौंको धरहरा ध्यस्त भयो ।
करिब दुई अर्ब ८० करोडको लागतमा पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि अनुमान अध्ययन गरेको जनाईएको छ ।
नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत विभागले तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान जनाईएको हो ।
करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुने अध्ययन प्रतिवेदन  अनुसार रहेको छ ।
घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिने जनाईएको छ ।
विभागले अब बन्ने धरहरालाई पछिल्लो समय विकसित भएका प्रविधिको समेत अत्यधिक उपयोग गरी बलियो बनाउने विषयमा पनि अध्ययन गरिरहेको बुझिएको छ ।
गतवर्ष २०७२ बैशाखको भूकम्पका कारण क्षतिग्रस्त सो सम्पदाको संरचना अहिलेको अवस्थामा कस्तो हुनुपर्ने भनेर विभागले गरेको अध्ययनमा आधुनिक सामग्रीको उपयोग गरी पुरानै शैलीमा विकास गरिने निस्कर्ष निकालिएको छ ।
सो अध्ययन प्रतिवेदन एक साताभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिने र सोही प्रतिवेदनका आधारमा उक्त सम्पदा सो संस्थाले निर्माण गरिदिने जनाईएको छ ।
टेलिकमले धरहरा पुनःनिर्माण गर्ने प्रतिबद्धता गरेलगत्तै विभागले त्यसको अध्ययन सुरु गरेको थियो । टेलिकमले सोही रकमको परिधिभित्र रही निर्माण तथा खर्च गर्नुपर्ने हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com