मोर्चा र सत्तासाझेदार दलहरुबीच पाचबुदे भद्र सहमति


प्रकाशित मिति : चैत्र १९, २०७३ शनिबार

संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई थाती राख्नै फेरि नया संशोधन प्रस्ताव तयार गरिने भएको छ । आज बसेको सत्तासझेदार र मधेसी मोर्चासहितको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तारुढ दलसग छलफल गरेर प्रस्ताव तयार गर्ने निर्णय गरेको हो । आन्दोलनरत मोर्चा र सत्तारुढ गठबन्धनस“ग छलफल गरेर प्रधानमन्त्रीले नया संशोधन प्रस्ताव तयार पार्नुहुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको चुनावमा सहमति जुटाउन शुक्रबार सा“झ बालुवाटारमा सत्तारुढ दल र मधेसी मोर्चाको बैठक बोलाउनु भएको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापा सहभागी नभएका कारण ठोस निर्णय नभएको बताइएको छ  । भूसालका अनुसार सिमांकनको विषयलाई संघीय आयोगमार्फत टुंग्याउनर स्थानीय तहको संख्या राजनीतिक सहमतिमा जनसंख्याको अनुपातमा बढाउन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ । त्यसबाहेक नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषालगायतका विषयमा भने परिमार्जनसहित संविधान संशोधन पेस गर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।  कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनावको वातावरण बनाउन अझै नसकिए पनि संविधान संश“ेधन गरेरै भए पनि निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
संविधानको धारा २ सय ७४ संशोधन गरेर अघि बढ्न सकिने मधेसी मोर्चाका नेता महन्थ ठाकुरले जानकारी दिनुभयो । दलहरुबीच भएको ५ बुदे भद्र सहमतिमा आगामी आइतबार हस्ताक्षर गर्ने गरी बैठक सकिएको नेताहरुले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com