नेपालभर एक सय आधुनिक पेट्रोल पम्प


प्रकाशित मिति : चैत्र १८, २०७३ शुक्रबार

भारतीय आयल कर्पोरेसनले नेपालभर एक सय आधुनिक पेट्रोलपम्प बनाइदिने प्रस्ताव गरेको छ । इन्धन आपूर्ति सम्झौताको क्रममा आपूर्ति मन्त्रीसहितको टोलीसमक्ष भारतीय पक्षले नेपालका विभिन्न स्थानमा आधुनिक पेट्रोल पम्प बनाइदिने प्रस्ताव गरेको टोलीमा सहभागी एक अधिकारीद्धारा जानकारी गराईएको छ ।

निगमका एक अधिकारीको अनुसार नेपाल आयल निगमको स्वामित्वमा रहनेगरी सुविधासम्पन्न पेट्रोलपम्म बनादिने भारतीय प्रस्ताव आएपनि त्यसमा सहमति भएको छैन ।

यसअघि पनि आइओसीको तर्फबाट यही प्रस्ताव आएपनि उक्त विषयमा निगमले सहमति जनाएको थिएन। प्राविधिक तथा आर्थिक सहयोग गरेर निगम आफैले बनाउने कि आइओसीले बनाइदिने हो भन्नेमा स्पष्ट नहुन्जेल निगमले त्यसमा समर्थन नजनाउने जनाईएको छ ।
स्रोतका अनुसार भारत सरकारले आइओसीमार्फत बनाइदिने त्यस्ता पम्पहरुमा आधुनिक सुविधा हुनेछ। नेपाल सरकारले तोकेका सबै मापदण्ड पुरा हुने छन्। आपूर्ति मन्त्रालय स्रोतका अनुसार त्यसरी बन्ने पम्पहरु निगमको स्वामित्वमा भए पनि ति निजी क्षेत्रलाई भाडामा दिइने छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com