स्पेनमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु भएको छ ।

कोरोना महामारीबाट मृत्यु हुनेको संख्या हालसम्म स्पेनमा १० हजार ९३५ पुगेको स्पेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वमा कोरोना संक्रमित ज्यान गुमाउनेमा इटालीपछि स्पेनमा धेरै छन् । स्पेनमा हालसम्म एक लाख १२ हजार ६५ कोरोना संक्रमित पुगेका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या १० लाख १६ हजारभन्दा बढी छ भने ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । बिबिसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com