बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि,सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुग्यो


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सहित बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ ।

साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेण्टीनमा राखेर गरिएको परीक्षणमा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको छ ।

यससघि सङ्क्रमण भएका तीन जनाको अवस्था भने स्थिर रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com