पत्रकार महासंघ ६२ औँ बर्षमा प्रवेस


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

चैत १६ । आज ६२ औं स्थापना दिवस पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले  मनाउदैछ ।
दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउमा कार्यक्रम गर्दैछ । दिवसको अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष महेन्द्र विष्टले देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हकहितका लागि सशक्त रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ । उन्ले राजनीतिक संक्रमण र नया नेतृत्व चयनको बेला अझ संवदेनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न संचारमाध्यम र पत्रकारहरुलाई अपील गरे छ ।

२०११ साल चैत १६ गते महासंघ स्थापना भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com