चीन प्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्किए


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

काठमडौं १६ चैत । एक साता अघि चीन भ्रमणमा निस्कुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कनु भएको हो ।
बोबाओ सम्मेलन भाग लिन प्रधानमन्त्री प्रचण्ड गत चैत्र १० गते राती साढे १० बजे चाइना साउदन एयरलायन्सबाट चीन प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा चिनिया राष्ट्रपति सि जिङपिङसंग पनि भेटवार्ता गर्नुभएको थियो । चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब पनि चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न आग्रह गरेका छन् । साथै मधेसी मोर्चासमेतको सहभागितामा स्थानीय चुनाव हुने दाबी गरेका छन् ।
चीन भ्रमण सफल भएको दाबीस गर्दै प्रधानमन्त्री प्रचण्डले भने विश्वास छ, मधेसी मोर्चाका साथीहरु पनि चुनावमा आउनुहुन्छ र उहाँहरुको समेत सहभागितामा चुनाव हुन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com