एसबीएससी नेपालको ब्राण्ड एम्बेसडरमा जितु नेपाल नियुक्त


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

काठमाडौं १६ चैत । एसबीएससी नेपालले स्थापनाको ११औं बर्ष प्रबेश कार्यक्रम सम्पन्न गरेको छ । बार्षिक उत्सव कार्यक्रमका अवसरमा देशलाई योगदान दिएका बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा पत्रकार तथा जनआन्दोलनका घाइते मेघराज आर्चायलाई नगद ११ हजार १ सय ११ रुपैँयाले सम्मान गरेको हो । सोही समारोहमा चर्चीत हास्य कलाकार जितु नेपाललाई एस बी एस सी लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त भएको घोषण समेत गरिएको छ ।
राजधानीमा मंगलबार एसबीएससी नेपालले स्थापनाको ११ औं बर्षको अवसर पारेर भएको सम्मान तथा अष्ट्रेलियन स्कोलरसिप स्किम घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षा मन्त्री डा गंगालाल तुलाधरले प्रधानमन्त्रीले देश चाइनाबाट चलाएको भन्दै सरकारको कार्यशैलीको आलोचना गर्नु भएको थियो । पुर्व शिक्षा मन्त्री तुलाधरले शिक्षा क्षेत्रमा निजी लगानी कर्ताले गरेको योगदानको उचित सम्मान हुन नसकेको भन्दै आफुले पुनः अवसर पाए निजीक्षेत्रका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
यस्तै, बर्षगाँठको अवसरमा एस बी एस सी नेपालले बिद्यार्थी तथा सामाजिक क्षेत्रमा प्रशंसनिय योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा सहयोग प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बर्षगाँठको आवसरमा आयोजनाको गरिएको कार्यक्रममा हाँस्यकलाकार दीपक राज गिरी, गायिका कोमल ओली, गायक बद्री पंगेनीलाई सम्मान गर्नुका साथै शैक्षिक परामर्शबाट प्राप्त केहि रकम सामाजिक कार्यमा लगानी गर्ने निर्णय भएको निर्देशक बुद्धि प्रसाद रेग्मीले जानकारी दिनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com