क्यानडातिर फैलिदै ३३ बर्ष पूरानो एएनए, उपाध्यक्षमा क्यानडाबाट मित्र काफ्ले


प्रकाशित मिति : श्रावण ३२, २०७३ मंगलबार

एसोसिएसन अफ नेप्लिज इन नर्थ अमेरिका ‘एएनए’मा अब क्यानडाबाट पनि नेतृत्व तहमा प्रतिनिधित्व हुने भएको छ । क्यानडाबाट ‘एएनए’ उपाध्यक्षमा मित्र काफ्ले चयन हुनुभएको हो । गत अगस्त १४ मा रोजर अधिकारीले एएनएको वर्तमान बोर्ड समक्ष राजिनामा पेश गरेपछि विधान अनुशार नयाँ कार्यसमिति निर्माण गर्ने क्रममा काफ्लेलाई क्यानडा क्षेत्रको प्रतिनिधित्व गर्नेगरी चयन गरिएको हो । एएनए टीम र मित्र काफ्लेले क्यानडामा ‘एएनए’को आधार निर्माणका लागि तथा ब्यापक सहभागिताका लागि गतिविधि तीब्र पार्ने वक्तब्यमा जनाइएको छ ।

बोर्डले रोजर अधिकारीको राजिनामा स्वीकृत गर्दै डाक्टर शम्भु ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । रोजर अधिकारी अब एएनएको बोर्ड अफ ट्रस्टी सदस्य हुनुभएको छ । एनएनएको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र अधिकारी चयन हुनुभएको छ । बोर्ड बैठकले श्याम सेढाईलाई कार्यकारी सदस्यमा चयन गरेको छ ।
सन् १९८३ मा गैरनाफामुलक सामुदायिक संस्थाका रुपमा स्थापित एएनए विभिन्न उतारचढाव झेल्दै अगाडि बढिरहेको छ । ३३ बर्ष लामो इतिहास बोकेको यो संस्थालाई वर्तमान नेतृत्वले कसरी अगाडि लैजान्छ त्यो भने अबका दिनमा हेर्न बाँकी नै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com