शिकागो लगायतका क्षेत्रमा आज टोनार्डो र असिना


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

अमेरिकाको शिकागो लगायत त्यस क्षेत्रमा आज टोनार्डो र असिनाका कारण झण्डै ७० मिलियन जनताहरु खराब मौषमको चपेटामा पर्ने मौषमविदहरुले जानकारी दिएका छन् । शिकागो मेट्रोसहित ४५ हजार स्क्वायर माइलमा खराब मौषमको चेतावनी दिइएको छ ।

नर्दन इलिनोयमा सामान्य जोखिम रहेको, मिजौरी, इन्डियाना र आयोवामा उच्च जोखिम रहेको तथा मिडवेस्ट, साउथवेष्ट र ओहायो भ्यालीमा जोखिम रहेको जनाइएको छ । मौषममा खराबीका कारण विनाशक हावा चल्ने र ठूलाठूला असिना पर्ने मौषमविदहरुको भनाई छ ।

कतिपय स्थानमा शनिबार चिसो पानी बर्षा हुने र शनिबार राती सामान्य हिमपात समेत हुनसक्ने अनुमान गरिएको छ । शनिबार दिउसोदेखि बेलुकासम्म खराब मौषम हुने मौषमविदहरुको अनुमान रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com