बिरोधमा सडक ठप्प हुँदा सगरमाथा हिँडेका पर्यटकसमेत पैदलै


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

सोलुखुम्बु तिङ्ला स्वायत्त गाउँपालिका घोषणा गरिनुपर्ने वा दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गर्दै विरोधमा उत्रिएका तिङ्लावासीले सदरमुकाम जोड्ने सडकअन्तर्गत तिङ्लाखण्ड बन्द गर्दा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् ।

यस गाविसलाई सोलु दूधकुण्ड नगरपालिकामा समावेश गर्नुपर्नेमा हुनुपर्ने माग विपरीत नेचासल्यान गाउँपालिकामा समावेश गरेको भन्दै तिङ्लावासीले गएको शुक्रबारदेखि सडक बन्द गरेका हुन् । दर्जनौँ स्थानमा रुख ढाल्नुका साथै ढुङ्गा थुपारेर सडक अवरुद्ध गरेका स्थानीयवासीले सडकमै धर्ना दिइरहेका छन् ।

साविकको तिङ्ला गाविसभित्र पर्ने सडकखण्डमा अवरोध पु¥याएपछि जिल्लाबाट राजधानी, तराईका जिल्ला जाने तथा जिल्लामा आउने यात्रु साविकको केरुङ गाविसको पत्तालेदेखि चार घन्टाभन्दा बढीको उकालो ओरालो हिँडी दूधकुण्ड नगरपालिकाको साल्मेसम्म पुग्नु परेको छ ।

सडक बन्दसँगै स्थानीयवासीले व्यापारका लागि सदरमुकाम ल्याउने कुनै पनि वस्तु बोकेर ल्याउनसमेत दिएका छैनन् । सडक यातायात हुँदै सगरमाथा क्षेत्र हिँडेका पर्यटक पनि हिँडेरै आवतजावत गर्न बाध्य भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच दिनदेखि सडक बन्द हुनाका साथै बोकेरसमेत सामान ल्याउन नपाउँदा सदरमुकाममा उपभोग्य वस्तुको अभाव सुरु भएको भन्दै उद्योग वाणिज्य सङ्घ, सोलुखुम्बु शाखले सडक बन्दको विकल्प खोज्न अनुरोध गरेको छ ।

बन्द खुलाउन गत शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अहिलेसम्म वार्ता पनि भएको छैन । प्रमुख जिल्ला अधिकारी, उमेश पाण्डे उनीहरुको माग जिल्ला तहबाट पूरा नहुने र केन्द्रमा जानकारी पठाइसक्दा पनि बन्दकर्ताले बन्द फिर्ता नलिएको बताउनुहुन्छ । केही समय पर्ख र हेरको अवस्थामा रहेको र बन्द लम्बिएमा बल प्रयोग गरी सडक खुलाउने प्रजिअ पाण्डेले बताउनुभयो ।

आन्दोलनकारी भने आफूहरुको माग पूरा नहुन्जेलसम्म कुनै पनि हालतमा बन्द फिर्ता नहुने बताउँछन् । सङ्घर्ष समितिका संयोजक बालकुमार कार्की भन्नुहुन्छ – “हामी माग पूरा नभई सडक छाड्दैनौँ, आश्वासनले मात्र हुँदैन व्यवहारमा चाहिन्छ”, तर सीमाङ्कन परिवर्तनको कुरा तत्काल असम्भव रहेको सम्बद्ध व्यक्तिको भनाइ छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com