अमेरिकन टोलि बाट नेपाली मूलका प्रतिभाशाली भकुण्डो खेलाडी बिशेष अधिकारी बार्सिलोना जादै 


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

 
विजय थापा
 
अमेरिकाको नेब्रास्का राज्यको ओमाहा मा बस्दै आएका नेपाली मूलका १४ बर्षिय प्रतिभाशाली किशोर बिशेष अधिकारी अमेरिकन (सकर )भकुण्डो टोलि को तर्फ बाट स्पेन को बार्सिलोनामा भकुण्डो प्रतियोगिता खेल्न जाने भएका छन् l 
 
अमेरिका को टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा खेलाडीहरुको छनौटमा उनि अमेरिकन भकुण्डो टोलिमा पर्न सफल भएका हुन् l उनलाई एफसी बार्सिलोना का प्रशिक्षकले छनौट गरेका हुन l अमेरिकन भकुण्डो टोलीको प्रतिनिधित्व गर्दै एक्स्कुसिव २०१७ एफसीबि एस्कोला इस्टर प्रतियोगितामा भाग लिने छन् l  
 
पुर्खौली घर चितवन रामपुर भै आमा बुवा साथमा नेब्रास्का बस्दै आएका अधिकारी सानै देखि भकुण्डो खेल्दै आएका हुन् l उनि नेब्रास्काको लिङ्कन को म्यागेलन सकर क्लबमा संग आबद्ध रहेका छन् l सन् २००३ मा जन्मेका अधिकारी अहिले नेब्रास्का राज्यको नेब्रास्का ओलम्पिक विकास टोलि अन्तरगत छनौटमा परेका हुन् l 
 
उनले हप्तामा ५ दिन भकुण्डो को प्रशिक्षण को साथै चुस्त र फुर्तिलो हुन् ३ दिन तालिम लिई रहेका छन् भने उनले १२ बर्ष मुनि उमेर समुहको प्रतियोगितामा स्थानीय स्तर तथा राज्य बाट संचालित थुप्रै खेलमा सहभागी जनाएका छन् l उनि भकुण्डो खेलका उदियमान तथा होनहार खेलाडी हुनु को साथै पढाईमा पनि त्यतिकै उत्कृष्ट बिद्यार्थी हुन् l र भोलि मार्च २९ तारिख अमेरिकामा बाट उनि र अमेरिकन सकर टिम (भकुण्डो टोलि )बार्सिलोना उड्ने छन् l र अमेरिकामा जन्मिएका अधिकारी नेपाली बुझ्ने तर बोल्न अलिक बिस्तारो र गाह्रो संग बोल्दछन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com