सञ्चारकर्मी गोमा को शब्दमा रहेको ‘कोरोना भाइरस’ गीत


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

काठमाडौं । पत्रकार गोमा परियारको शब्दमा कोरोना भाईरस बोलको गीत सार्वजनिक भएको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहँदा त्यसविरुद्ध सचेतना अभियान पनि जारी छ । नेपालमा पनि कोरोना भाइरस संक्रमित फेला परिसकेको अवस्थामा नेपालमा पनि सचेतना अभियान उत्तिकै सघन बनेको छ । यसै सन्दर्भमा लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा तथा पत्रकार परियारको शब्दमा कोरोना भाइरसविरुद्ध सचेतना गीत सार्वजनिक गरेका हुन् ।

‘डराउनैपर्ने त छैन है, ख्यालठट्टा गर्ने नि हैन है’ बोलको यो गीतमा नरेश खातीकै संगीत रहेको छ । यो गीतको एरेञ्ज विशाल निरौलाले गरेका छन् । नरेश खातीले नै निर्देशन गरेको यो म्युजिक भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् । डराउन नहुने, आत्तिन पनि नहुने तर सचेत बन्नुपर्ने सन्देश यो गीतले दिएको छ । अंकमाल गर्ने र हात मिलाउने काम आजैबाट छोड्न आव्हान गर्दै गीतमा भेटघाट हुँदा नमस्कार गरेर हात जोड्न आग्रह गरिएको छ । आफ्नै आनीबानीले स्वस्थ बन्न सकिने र साबुनपानीले बेसरी हात धुनुपर्ने यो गीतमा उल्लेख छ । विपतको यो घडीमा ठग्ने र लुट्ने काम नगर्न र मानवीयताको राम्रो उदाहरण पेश गर्न भनिएको छ । कोरोनाविरुद्ध सबैले आफ्नो क्षेत्रबाट केही न केही योगदान गर्ने उद्देश्यले यो गीत सार्वजनिक गरिएको गायक नरेश खातीले बताउनु भयो । यो गीतको म्युजिक भिडियोमा कोमल वली, ऋषि धमला, दीपाश्री निरौला, बद्री पंगेनी, रमेश बिजी, पशुपति शर्मा, फुलन्देकी आमा, लट्टे र ईश्वरी खातीले अभिनय गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com