बेलायतमा गाडीको ठक्करबाट गुल्मीका सुवेदीको  मृत्यु


प्रकाशित मिति : चैत्र १५, २०७३ मंगलबार

बेलायतमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ ।बर्मिङ्घममा बाटो पार गर्ने क्रममा तीव्र गतिमा रहेको गाडीको ठक्करबाट गुल्मीको रुरु गाविस, थोर्गा घर भएका ४५ वर्षीय दिल सुवेदीको मृत्यु भएको हो ।

प्रहरीले मृतकको नाम सार्वजनिक नगरे पनि नेपालीहरुको समूदायिक संस्था शान्ति नेपाली समाज बेलायतका कृष्ण ढकालका अनुसार गाडी चालक फरार छन् खोजि जारी रहेको घटना को बाकी विवरण आउन बाकी छ सुवेदीको मृत्यु भएको पुष्टि गरे । तीव्र गतिको गाडीले हुत्याउँदा कामबाट फर्कंदै गरेका सुवेदीको घटनास्थलमै मृत्यु भएको ढकालले बताए ।

दुर्घटना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदी श्रीमती र तीन छोरासहित बेलायतमा बस्दै आएका थिए ।

गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार कमल भण्डारीका अनुसार उक्त घटनापछि आफूहरु परिवारको निरन्तर सम्पर्क र सहयोगमा रहेको बताए। सुवेदीको शव प्रहरीको नियन्त्रणमा रहेको छ।

अत्यन्तै आकस्मिक घटनापछि बर्मिंङहमको सिंगो नेपाली समुदाय शोकसन्तप्त बनेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com