अमेरिकी एजेण्टबाट ४० हजार नक्कली चाइनिज कण्डम बरामद


प्रकाशित मिति : चैत्र १५, २०७३ मंगलबार

अमेरिकी संघीय एजेण्टहरुले पोर्तोरिकोमा ४० हजार नक्कली कण्डमहरु बरामद गरेका छन् । ती नक्कली कण्डमहरु चीनमा बनाइएको थियो ।

ती नक्कली कण्डमहरु इमिग्रेशन एण्ड कस्टम एजेण्टहरु, होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु र खाद्य तथा औषधी प्रशासनका अधिकारीहरुले पाँचदिनको अवधिमा बरामद गरेका हुन् । त्यस्ता नक्कली कण्डमले यौनसम्बन्धि सरुवा रोगहरु र गर्भधारण नरोक्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

हालैमात्र चीनको एउटा कम्पनीले विभिन्न ब्राण्डमा झण्डै ५० लाख नक्कली कण्डम उत्पादन गरेको पत्ता लागेपछि त्यस्तो कम्पनी नै बन्द गराइएको थियो । ती पचास लाख नक्कली कण्डमहरु चीनबाहिर पठाउन लागिएको अवस्थामा भेटिएको थियो ।

त्यस्तै केही अगाडि चीनबाट १ अर्ब १० करोड नक्कली कण्डमहरु घानामा पठाइएको पाइएको थियो । गार्डियनका अनुशार त्यसमध्ये झण्डै १० लाख नक्कली कण्डमहरु घानाको स्वास्थ्य एजेन्सीमा वितरणका लागि लगिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com