आरआरको स्ववियु चुनावमा प्रदर्शनकारी र प्रहरीबीच झडप


प्रकाशित मिति : १५ चैत्र २०७३, मंगलबार

आज प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन भईरहेको छ । तनावका र कडा सुरक्षाका बीच आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु मतदान भईरहेको छ ।

भित्र मतदान चलिरहे पनि बाहिर भने तनाव रहेको छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेपछि तनाव बढेको हो । विद्यार्थीहरुले ढुंगामुढा गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोल्न खोज्ने समूहले पेट्रोल बम समेत प्रहार गरेको जनाईएको छ ।

स्ववियु चुनावको मतदान प्रक्रिया चलिरहेको अवस्थामा गेटअगाडि बम प्रहार भएको जनाईएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतदान भइरहेको अवस्थामा बम प्रहार भएको प्रहरीद्धारा जनाएको छ। अहिलेसम्म हजारको हाराहारिमा मत खसिसकेको जनाईको छ । फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com